काठमाडाैं -प्रदेश १काे विराटनगरमा सिद्घार्थ बैंक लिमिटेडले क्षेत्रीय कार्यालयको समुद्घाटन गरेको छ ।
विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा उद्योगीहरुमाझ उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बुधवार प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले क्षेत्रीय कार्यालयको समुद्घाटन गरेका हुन् ।
उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत आमग्राहकहरुसमक्ष सेवा प्रदान गर्ने उद्देश्यका साथसाथै देशको अर्थतन्त्रलाई सम्बृद्ध एवं सुदृढ बनाउन नव स्थापित बैंकको भवनमार्फत प्रदान गरिने सेवाको अहम भूमिका रहनमा बैंक विश्वस्त रहेको छ ।
साथै यसअघि विराटनगर स्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएकाे छ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २०८ वटा एटिएम्, ११४ शाखारहित बैंकिङ सेवा र १,५०० भन्दा बढी पिओएस् मेसिनमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएकाे छ ।