काठमाडौं - संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिको मुद्दामा सर्वोच्च अदालतको अन्तरिम आदेश भएकाे छैन ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हाे ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइमा अन्तरिम र कारण देखाउ आदेश जारी भएकाे छ ।
नियुक्त भएका ५२ जनै पदाधिकारीका नाममा म्याद जारी गरी सुनुवाइको मौका दिने सर्वोच्चबाट आदेश भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो ।
निवेदकलाई ५२ जनाको वतन खुलाउन भनिने र वतन खुलेपछि उनीहरूको नाममा चाँडै म्याद जारी हुने बताइएको छ ।