गैरआवासीय नेपाली संघ (एनआरएनए)मा देखिएको लामो समयको विवाद तत्कालका लागि टुंगिएको छ ।महाधिवेशनले निर्णय गरेअनुरूप हुनेगरी एकभन्दा बढी अध्यक्ष राख्ने सहमतिसँगै विवाद टुंग्याइएको छ ।सहमतिअनुसार आगामी महाधिवेशनले एकभन्दा बढी अध्यक्ष हुनसक्ने बाटो खोल्ने छ ।
गैरआवासीय नेपाली संघलाई परोपकारी संस्थाका रूपमा बुझ्ने गरिन्छ । काम, व्यापार, व्यवसायका लागि विश्वका जुनसुकै देशमा पुगे पनि मातृभूमि नेपालप्रतिको माया, जिम्मेवारी र आत्मीयता हराउन दिन संघमा आबद्ध नेपालहरू कटिबद्ध छन् । जसलाई सामूहिकता दिन संघको स्थापना भएको हो भन्दा फरक नपर्ला ।
नेपालको पूर्वाधार विकासलगायतमा एनआरएनएको महत्वपूर्ण भूमिका छ । यस्ता थुप्रै क्षेत्र छन् जहा“ उनीहरूको लगानीले रोजगारी सिर्जना गरेको मात्र होइन देश विकासमा पनि टेवा पु¥याइरहेकै छ । उनीहरूले पठाउने रेमिट्यान्सले पनि देश विकासमा टेवा पुगेको विषयलाई नजरअन्दाज गर्न मिल्दैन ।
तर, यही संस्थामा बेलाबेला देखिने विवाद र अस्वस्थ गतिविधिले भने एनआरएनएको पवित्र उद्देश्य र भावनालाई गिज्याइरहेको अनुभूत हुन्छ । हाल पनि अध्यक्ष कसलाई बनाउने भन्ने विषयले उत्पन्न विवादले अदालतसम्म पु¥यायो । यद्यपि, अन्तिममा नाटकीय रूपमा विवाद त मिलाइयो तर, विवाद निरूपण भइसकेको छैन । संस्थापक शेष घलेले गरेको छुट्टै सम्मेलनले पनि संघभित्रको विवाद निरूपण भइसकेको छैन भन्ने प्रस्ट पार्छ ।
जानकाररू भन्छन्– एनआरएनएमा पनि राजनीति घुस्यो । हुन पनि अध्यक्षका आकांक्षीहरू सार्वजनिक हु“दै गर्दा कुनै अमुक पार्टीको ट्याग लाग्ने गर्छ । फलानो पार्टीको समर्थन फलानो उम्मेदवारलाई भन्ने चर्चा हुन थाल्छ । राजनीतिलाई देशको मूल नीति भनिन्छ । तर, हरेक क्षेत्रमा राजनीतिक घुस्यो भने त्यसले दिने परिणाम कस्तो हुन्छ भन्ने चित्रित गर्नका लागि कैयौँ उदाहरण छन् । यस्तै, उदाहरणको कोपभाजनमा पुग्यो एनआरएनए ।
एनआरएनएमा छ महिनादेखि देखिएको विवादको मूल जरो पनि यही हो ।कुनै पनि संस्थाका आफ्नै उद्देश्य हुन्छन् । नीति, कार्यक्रम हुन्छन् । एनआरएनएका पनि आफ्नै विशिष्ट उद्देश्यहरू छन् । पवित्र योजनाहरू छन् । तर, त्यसलाई छोप्नका लागि काफी भइदिन्छ त्यहाँभित्र देखिने ‘अस्वाभाविक’ विवाद । संस्थालाई सबल बनाउन के गर्ने, नेपालको विकास, सवलीकरण, रोजगारी सिर्जनालगायतका विषयमा कसरी अधिकतम पहल गर्न सकिन्छ, एनआरएनएहरूको सुरक्षा, उनीहरूका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषय बहस हुँदैन । बहस हुन्छ त केवल कसलाई नेतृत्वमा ल्याउने भन्नेबारे ।
हो, कुनै पनि संस्थालाई चलायमान बनाउन, चुस्त दुरुस्त र जीवन्त बनाउन सक्षम नेतृत्व चाहिन्छ । सवल नेतृत्व चाहिन्छ । जसविना संस्थालाई उचाइमा पुर्याउन सकिँदैन । तर, हामीले गर्ने बहस र पैरवीले साँच्चै यस्ता विषयमा ध्यान दिएको छ त ? सोच्ने बेला आएको छ ।
राजनीतिप्रति आमजनको भरोसा र विश्वास टुटिरहेका बेला एनआरएनएलाई परोपकारी संस्था होइन कि कुनै अमुक पार्टीको भ्रातृ संगठन वा सम्पर्क समितिजस्तो बनाउन खोज्यौँ भने के होला ? तसर्थ, यसतर्फ सबै सचेत हुन जरूरी छ र, एनआरएनएभित्र देखिने विवादलाई सधैँका लागि अन्त्य गर्नुपर्छ । यस्ता विवाद फेरि दोहोरिनु हुँदैन ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८ ११:०५