काठमाडाैं - खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा लोड गर्ने रू १०० बोनस पाउने अफर ल्याएको छ। खल्ती वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा रू. १०० बोनस पाउने अफर ल्याएको हाे।
यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको छ। हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध रहेकाे जनाएकाे छ ।
यस याेजनामा पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध खल्तीले जनाएकाे छ। बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले प्रमाणित गर्नुपर्छ। यो अफर चैत्र ९ गते २०७८ देखि वैशाख ८, २०७९ गते सम्म लागु हुने खल्तीले जनाएकाे छ।
प्रयोगकर्ताहरूले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्ड मै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्ने जनाएकाे छ ।
यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भनेः “‘खल्ती’ मा घरि घरि पैसा राख्ने झन्झटबाट मुक्त गर्न बैंक लिंक सुविधा फाइदाजनक छ। यहि कारण यो सिविधा प्रयोग गर्न प्रोत्साहन गर्न दोस्रो पटक यो अफर ल्याएका हौँ । हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो सुविधा पूर्ण रूपमा प्रयोग गर्न र उनीहरूको समय बचत गर्न प्रोत्साहित गर्न चाहन्छौँ ।”