काठमाडाैं - नेपाली बजारमा प्रोटोन एक्स फिफ्टी (PROTON X50) सार्वजनिक भएकाे छ ।
बुधबार आफ्नो गैरीधारास्थित सोरुममा विभिन्न मिडिया तथा मलेसियन राजदुतावासका मोहम्मद फद्ज़ल अबु हसन को उपस्तिथिमा गरिएको कार्यक्रममार्फत आधिकारिक वितरक जगदम्बा मोटर्सले सो गाडी सार्वजनिक गरेको हो ।
अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको PROTON X70 को सफलता पछि नेपालमा PROTON गाडी को अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कार निर्माता PROTON को Compact SUV, Proton X50 अधिकारिक रुपमा सार्वजनिक गरेको हाे ।
पछिल्लो समयमा अरु विभिन्न देशमा ख्याती प्राप्त हुन सफल भएको साथै मलेशियाको सबैभन्दा बढी माग भएको याे गाडी रहेकाे कम्पनीले जनाएकाे हाे । १.५ लिटर टर्बोचार्ज्ड थ्री-सिलिन्डर इन्जिनको साथ् सो गाडीको 1.5T Standard, 1.5T Premium र 1.5 TGDi Flagship संस्करणहरू नेपालमा जगदम्बा मोटर्सले सार्वजनिक गरेको जनाएकाे छ ।
यसको Standard र Premium संस्करणले 5,500 rpm मा 150 PS पावर उत्पादन गर्छ भने 1,500 देखि 4,000 rpm मा 226 Nm टर्क उत्पादन गर्छ । त्यसरी नै Flagship संस्करणले 5,500 rpm मा 177 PS पावर उत्पादन गर्छ र 1,500 देखि 4,000 rpm मा 255 Nm टर्क उत्पादन गर्छ । यति मात्र नभई यसमा 7 speed dual clutch transmission with manual mode को सुविधा पनि रहेको छ ।
आकर्षक डिजाइनमा आउने याे गाडीमा Dual tone interior and exterior को साथै Full LED Headlamp, 18'' Alloy wheels, Quad Exhaust Tailpipes, Floating Floor Console, Panoramic Sunroof, LCD Meter Combination र Front Welcome Lamps जस्ता सुविधाहरु रहेकाे बताइएकाे छ ।
Safety फिचर्स को कुरा गर्नुपर्दा यसमा यस सेग्मेन्टमा नेपाली बजारमा भएको अरु गाडीहरु भन्दा निकै धेरै सुविधा रहेको छन् । यस गाडीमा यात्रुको सुरक्षाका लागि Advanced Driver Assistance System (ADAS) रहेको छ जस भित्र Automatic Emergency Braking (AEB) र Forward Warning Collision (FCW), Adaptive Cruise Control (ACC) with Stop and Go , Intelligent Cruise Control (ICC), Lane Keep Assist र Blind Spot Information System का साथै 6 SRS Airbags, Electronic Stability Control (ESC), Tire Pressure Monitoring System, Auto Park Assist र 360 degree camera जस्ता अरु विभिन्न सुविधाहरु रहेका छन् ।
PROTON X50 मा चालकलाई अझै सुविधा दिन यसमा 10.25'' Infotainment Head Unit, Voice Command, 3 USB Ports र Smartphone Connectivity का साथै यात्रुको आरामदायक यात्राका लागि Driver Power Seat, Auto Rain Sensing Wipers, Auto Air Conditioning र N95 Cabin Filter को सुविधा उपलब्द गराएको छ ।
यस गाडीलाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सका Chairman साहिल अग्रवालले प्रोटोनको विश्वव्यापी रोजाई र एक्स५०को विदेशमा सफलता देखेर नेपाली बजारमा भित्राएको ब्यक्त गरे भने त्यसमै थप्दै जगदम्बा मोटर्सका सिइअेा, दिपक अग्रवालले यस सेग्मेन्टमा अरु ब्रान्ड भन्दा बढी सुविधाको साथ नेपाली बजारमा भित्रेको मलेशियाको सबैभन्दा बढी बिक्रि भएको compact SUV, PROTON X50 ले अवस्य पनि निकै ग्राहकहरुलाई आकर्षित गर्ने छ र बजारमा जगदम्बा मोटर्सको नाम र ग्राहकहरुको विश्वासले यसको बिक्रीलाई झन् ठुलो उचाईमा पुराउने भनेर धारणा दिएका छन्।