काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बिहीबार बैंकले नयाँ शाखाहरु विस्तार गरि सञ्चालनमा ल्याएको हो ।
यससँगै शाखा सञ्जाल २०७ पुगेको मेगा बैंकले जनाएकाे छ ।
अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएकोमा गुणस्तरीय बैंकिङ सुविधासँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको मेगा बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताएका हुन् ।