काठमाडाैं - पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाँच हजार २६८ जनामा गरिएको नमूना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्
। हालसम्नमा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएकाे मन्त्रालयले बताएकाे छ ।
मन्त्रालयका अनुसार अहिले देशभर २२१९ जना सक्रिय संक्रमित रहेका छन् ।
तिरासी हजार २५३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएकाे मन्त्रालयले जनाएकाे छ ।