काठमाडाैं - नेपाल क्योकूशिन बुदो कराँते साकाई ईन्टरनेशनलको आयोजनामा दोस्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ ।
नेपाली खेल जगतमा छुट्टै पहिचान बनाउने उद्देश्य राखेर २०७४ सालमा स्थापना भएको नेपाल फुल कन्ट्याक्ट कराँते महासंघले पत्रकार सम्मेलन गरी प्रतियोगिता यही चेत १८ र १९ गतेका लागि आयोजना गरिएको जनाएकाे हो ।
खेलकुद क्षेत्रको सार्वेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ता लिई आफ्नो गतिविधिलाई निरन्तरता दिई रहेको महासंघले गर्न लागेको यो प्रतियोगिता राष्ट्रिय स्तरको हुने पत्रकार सम्मेलन मार्फ जानकारी दिइएको छ ।
नेपाल क्योकूशिन बुदो कराँते साकाई ईन्टरनेश्नलको मुख्यालय बेलायतमा रहेकाे महासंघले जनाएकाे छ । पत्रकार सम्मेलनमा नेपाली फुलकन्ट्याक्ट कराँते साकाइ इन्टरनेशनलले यसमा आवद्ध रहेका सम्पूर्ण खेलाडी, खेलप्रमी, निर्णायक र प्रशिक्षकहरुलाई एकतावद्ध गराएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको महासंघले जनाएकाे छ ।
साथै फुलकन्ट्याक्ट कराँते महासंघसँग आवद्ध सम्पूर्ण खेलाडीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने सम्बन्धित निकायहरुको समन्वयात्मक भूमिका निर्वाह गरी एक जिम्मेवार संघको रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल हुने लक्ष्यमा लम्कि रहेको समेत जनाएको छ ।
यसअघि मिति २०७४ फाल्गुन ४ र ५ गतेका दिन संघले प्रथम राष्ट्रव्यापी खुल्ला फुलकन्ट्याक्ट क्योकूशिन बुदो कराँते प्रतियोगिता २०७४ काठमाण्डौंको स्वम्भू भूईखेलमा सम्पन्न गरेको थियो ।
त्यस्तै सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिकामा विन्टर क्याम्प, नेपालको पर्यटकीय स्थल चितवनको सौराहामा समर क्याम्प र दोलाखा जिल्लाको चरिकोटमा विन्टर क्याम्प सम्पन्न गरेको थियो ।
यस संघले ४३ जना खेलाडीलाई ईन्टरनेश्नल ब्लाक बेल्ट टेष्ट र २५ जना खेलाडीलाई नेशनल ब्लाक बेल्ट टेष्ट वितरण गरिसकेको छ ।
यस पटक आयोजना गरिएको प्रतियोगितामा काठमाण्डौं, भक्तपुर, ललितपुर, दोलखा, काभ्रे, बारा, पर्सा, महोत्तरी, मकवानपुर, चितवन, कास्की, मोरङ, स्याङ्जा, सिन्धुली लगायतका जिल्लाहरुबाट १५० देखि २०० सम्मको संख्याका खेलाडीहरुले ७ वटा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
जसमा पुरुष तौल समूह ३५ केजी मुनि, ५५ केजी मुनि, ६० केजी मुनि र ६० केजी माथि (खुल्ला) तथा महिला समूहमा ५० केजी मुनि, ५५ केजी मुनि र ५५ केजी माथि(खुल्ला) सहभागिता रहने छ ।
उक्त प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना गरी सम्पूर्ण विजेता खेलाडीहरुलाइ्र्र शिल्ड, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मानित गरिने आयोजक संस्थाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
खेलाडीहरुले प्रतियोगितामा निशुल्क सहभमगी हुन पाउनेछन् भने यातायात, आवास र खानाको व्यवस्था समेत संस्थाले नै गर्ने भएको छ । यस संस्थासँग आवद्ध रहेकाले प्राथमिकताका साथ भाग लिन पाउने उक्त प्रतियोगितामा अवद्ध नरहेका खेलाडीहरुले समेत संस्थाको नीतिको अधिनमा रहेर सहभागिता जनाउन सक्नेछन् ।
कार्यक्रम गर्दा १७ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । उक्त खर्चको लागि राष्ट्रिय खेलकुद परिषद्, काठमाडौं महानगरपालिका र विभिन्न निकायमा आग्रह गरिएको समेत पत्रकार सम्मेलनबाट जानकारी दिइएको छ । प्रतियोगितामा भाग लिन चाहने खेलाडीहरु १७ गते नै काठमाडौं आइसक्नु पर्नेछ ।