काठमाडौं - गायिका भुमिका गिरिले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएकी छन् । आइतबार गायिका गिरिले काठमाडौंको चाबहिल मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकासँग जन्मदिन मनाएकी हुन् ।
जन्मदिनकाे अवसरमा अनाथ बालबालिकाहरुलाई खाद्यान्न,लत्ताकपडा र कापीकलम हस्तान्तरण गरेकी हुन् । विगत लामो समयदेखि संगितमा रमाउँदै आएकी गायिका गिरिले पछिलो ५ वर्ष यता यसरी नै विभिन्न अनाथ आश्रममा पुगेर आफ्नो जन्मदिन मनाउँदै आएकी छन् ।
गायिका गिरि विभिन्न समाजिक कार्यमासमेत सहभागी हुँदै आएकी छन । उनले जन्मदिनकै अवसर पारेर क्यान्सर पीडितलाई समेत यथाशक्य सहयोग गरेकी छन् ।
"चोली मैलो भो","तारा सङै जुन" लगायतका थुप्रै चर्चित गितहरु मार्फत आफ्नो बेग्लै छवि बनाइ सकेकी गायिका गिरिले अनावश्यक खर्च गर्ने रकमले बुवा आमा र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भएपनी राहत मिलोस् भन्ने भावनाले उक्त सामाग्री सहयोग गरेको बताइन् ।
सहयोग हस्तान्तरण गर्ने क्रममा कलाकार सुलेमान शंकर "इकु" ,अनाथ आश्रमका संचालकलगायतको सहभागिता रहेको थियो ।