नवलपरासी पश्चिम - नवलपरासी पश्चिमको रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा हुने भएकाे छ ।
रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा कार्यक्रमको अन्तिम तयारी पूरा भएकाे बिहिवार नगरपालिकाले पत्रकार सम्मेलन गरी नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिएका हुन् ।
बालमैत्री स्थानीय शासन, बालअधिकार सम्बन्धी समग्र पक्ष, बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवर्द्धन गरी नेपालको संविधान बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा भएकोले साेहि अनुसार रामग्राम नगरपालिकाले नगरलाई बालमैत्री नगर घाेषणा गर्न लागिएकाे नगर प्रमुख गुप्ताले जानकारी दिएका छन् ।
गुप्ताका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बाल अधिकारकर्मी र सरोकारवालाहरुबाट संयुक्त अनुगमन भई बालमैत्री घाेषण गर्न त्यसकाे जिल्ला समन्वय समितिबाट प्रतिबेदन आईसकेकाे उनले जनाए ।
लुम्बिनी प्रदेश सरकारले बालमैत्री नगर घाेषणा गर्न स्वीकृति दिई सकेकाेले रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा गर्ने तयारी अन्तिम चरण पुगेकाे उनले बताए ।
बालमैत्री नगर घाेषणा हुनु नै बालश्रम मुक्त नगर , बालबालिकाकाे पहुँच ,शिक्षामा पहुँच पुग्ने भएकाे नगरप्रमुख गुप्ताले बताए ।
बालमैत्री नगर घाेषणा गर्नकाे लागि ताेकिएकाे सम्पूर्ण सुचकहरू पूरा भईसकेकाे रामग्राम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डे जानकारी दिए । बालमैत्री स्थानीय शासनका न्युनतम सुचकहरु पूरा गरि घाेषणा गर्न लागिएको नगरपालिकाले बताएको छ ।
घोषणाका लागि ५१ वटा सुचक रहेकाेले ती सबै सुचकहरू नगरपालिकाले पूरा गरिसकेकोले अब नगरलाई बालमैत्री गराउने तयारीमा जुटेकाे प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।
बालमैत्री नगर घाेषणाको लागि मुख्य ४ वटा क्षेत्रमा ५१ वटा सुचक पूरा भई सकेकाे र ५१ सूचकमध्ये ८० मा शतप्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रवाधन रहेकाे नगरपालिका नगरशिक्षा अधिकारी रूद्रप्रसाद रेग्मीको भनाइ छ ।
उनकाे अनुसार बाल बचाउ ,बालबिकास ,बाल संरक्षण र संस्थागत बिकास मुख्य रहेकाे ३८ सुचकमा १०० प्रतिशत त्यस्तै ६ सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न लागिएको हो ।
नगरपालिकामा विद्यालय र टाेलगरी १ सय २ वटा बालक्लब रहेकाे छ जसमा वडास्तरीय १८ वटा बालक्लब र नगरस्तरीय बालसंजाल १ वटा रहेकाे नगरशिक्षा अधिकारी रेग्मीले पत्रकार सम्मेलनमा बताए । नगरपालिकामा १८ बर्ष मुनिका बालबालिकाकाे संख्या कुल २० हजार ८ सय २६ रहेकाे छ ।