काठमाडाैं - मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटा (Prayer flags) लाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटा (Sustainable Prayer flags) को सुरुवात गरी वातावरण सम्बन्धीको सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम नबिल बैंकले सम्पन्न गरेको छ ।
विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरुको सविस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गरिएको नबिल बैंकले जनाएकाे हो ।
हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गर्नु भएको वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउँने उदेश्यले यो कार्यको आरम्भ गरिएको हो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसँद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, विश्व वन्यजन्तु कोषका देश प्रतिनिधि डा. घन श्याम गुरुङ, सामाजिक अभिन्ता तथा गायिका आनि छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा गरिएको सो कार्यक्रममा सहभागिहरुले यो अभियानलाई व्यापक बनाउनु पर्नेमा जोड दिएको छन् ।
सो अवसरमा उपस्थित् अतिथिहरुले वातावरणमैत्री मैत्री लुङ्गटामा हस्ताक्षर गर्दै नेपालमै उत्पादन भएको वातावरणमैत्री सामान प्रयोग गर्ने यो अभियानप्रति ऐक्यबद्धता जनाएको छ ।
यसै वर्षदेखि शुरु गरेको नबिल दीगो बैंकिङ अन्तर्गत हरित उद्यम, कृषि, नविकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहनसमेत गर्दै आएको बैंकले जनाएकाे छ ।
विभिन्न अध्ययनहरुले देखाएअनुसार नेपाल जलवायु परिवर्तनको जोखिममा विश्वकै चौथौ स्थानमा पर्छ । बढ्दै गएको जलवायु परिवर्तनको असरले विपद्को प्रभाव समेत बढाउँने हुदा वतावरण संरक्षणप्रति सबै सचेत र सजग हुनुपर्छ भन्ने मान्यताका आधारमा यस किसिमका अभियानलाई अघि बढाएको बैंककाे भनाइ छ ।
विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा दीगोपना भएका सामग्रीको प्रयोगलाई प्रबद्र्धन गर्न शुरु गरिएको यो अभियानलाई बैंकले आगामी दिनमा पनि निरन्तरता दिने बताएकाे छ ।