काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री देउवाले यही चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्न लागेकाे परराष्ट्र मन्त्रालयले जनाएको हाे ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते हैद्रावाद हाउसमा भेटवार्ता हुने जनाइएकाे छ ।
भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिला मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्ने याेजना रहेकाे मन्त्रालयले विज्ञप्तिमा जनाइएकाे छ ।
मन्त्रालयका अनुसार भारतीय व्यवसायीहरूलाई पनि सम्बोधन गर्ने बताइएकाे छ ।
नेपाल फर्किनुअघि प्रधानमन्त्री देउवाले वाराणासीको पनि भ्रमण गर्ने जनाइएकाे छ।
भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, अन्य मन्त्री र सचिवहरू पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।