काठमाडाैं - ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङर्माफत भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने सम्झौता गरेकाे छ ।
ग्लोबल बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.ली) सँग सम्झौता गरेको हाे ।
उक्त सम्झौताअनुसार बैंकको मोबाइल बैंकिङ एप Global Smart Plus प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआरमार्फत BharatPe, Paytm, Google Pay लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिने छ ।
उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकलेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।
सेवा संचालनमा आएपश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुने जनाइएकाे छ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवाबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्टमार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिने बताइएकाे छ ।
साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरुलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्ने बताइकाे छ । ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरुबाट ग्लोबल आईएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्नेछन्।
मुलुकभर २८९ शाखा, २५४ एटीएम, २७४ शाखारहित बैंकिङ् सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले दाबी गरेकेाे छ ।