काठमाडौं - कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सुचीमा सबैभन्दा नयाँँ उत्पादन फ्यान्टालाई एप्पल स्वादमा नेपाली बजारमा ल्याएको छ ।
नेपाली उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै क्रिस्प स्पार्क्लिङ पेय पदार्थ नयाँँ उत्पादन फ्यान्टा एप्पलको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न नयाँँ डिजिटल भिडियोका साथ कोका–कोला नेपालले सार्वजनिक गरेको हाे ।
जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ । कम्पनीका अनुसार भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा रहेकाे जसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र OOH(आउट अफ होम) आदि समावेश छन् ।
लन्चको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “फ्यान्टा त्यस्तो मानिसहरुको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ । यो नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताहरुले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साहि छौँ ।”
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने,“हामी उपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइ अनुसार वहाँँहरूलाई रिफ्रेश रहिरहनको लागि थप विकल्पहरू दिन सँधै प्रयासरत छौँ । हाम्रा खुद्रा विक्रेताहरू पनि फ्यान्टा एप्पललाई उपभोक्ताहरु माझ पुर्याउन निकै उत्साहित हुनुहुन्छ ।”
यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुने कम्पनीकाे भनाइ छ । कम्पनीकाे अनुसार फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध रहेकाे छ ।