पोखरा - जगदम्बा मोटर्स प्रा.लि.ले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सफलतापुर्वक सम्पन्न गरेको छ ।
टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा टिभिएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरि सफलतापुर्वक सम्पन्न गरेकाे हो ।
शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजारस्थित बतास ब्रदसको टिभिएस शोरुमबाट शुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडास्थित हिमालयन देउराली रिसोर्ट सम्म पुगेको थियो ।
त्यहाँ सहभागिहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु पनि गरेको टिभिएसले जनाएकाे छ।
राइडमा टिभिएस एनटर्कका ९३ जना राइडरहरु सहभागि रहेको जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन् ।
टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् ।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
विजेतालाई बतास व्रदर्शका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए ।
राइडमा प्रसिद्ध मोटो भ्लगर सुरक्षा केसि र पोखराका अरु मोटो भ्लगर्सहरुको पनि सहभागिता रहेको थियो ।