काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्कीको अंकारा गएका छन् ।
मार्च २९ देखि ३१ तारिखसम्म आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन अध्यक्ष नेपाल टर्की गएका हुन् ।
उनी १९ चैतमा स्वदेश फर्किने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।