काठमाडाैं - स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले आजबाट कल सेन्टर सुरु गर्न लागेको छ ।
आयोगले स्थानीय तह निर्वाचन आउन ४५ दिन बाँकी हुँदा निर्वाचनबारे जानकारी दिन मंगलबारबाट कल सेन्टर सुरु गर्न लागेको हो ।
निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा समाधान गर्ने उद्देश्यले कल सेन्टर सुरु गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयाेगकका अनुसार ११०२ नम्बरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ । कल सेन्टर मतदान र मतगणना अवधिसम्म सन्चालनमा रहने आयोगले जनाएको छ ।
।