काठमाडाैं - त्रिदेशीय टी–२० सिरिजमा पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) पराजित गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको हो ।
सन्दीप लामिछाने कप्तान बनेपछि घरेलु मैदानमा नेपालले पहिलो जित हात पार्दा पीएनजीलाई पनि ७ वर्षपछि टी–२० मा पहिलो पटक हराएकाे हाे ।
यसअघि नेपालले घरेलु मैदानमा पीएनजी विरुद्ध दुई खेलको एकदिवसीय सिरिजमा दुवै खेल हारेको थियो । करण केसीले आफ्नो अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार विकेट लिएपछि त्रिवि मैदानमा पीएनजीलाई हराएर नेपालले हराएकाे छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा पीएनजी ४ बल अगावै १६८ रनमा अलआउट भयो । नेपालले दिएको १८४ रनको लक्ष्य पीएनजीले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६८ रन बनाएकाे छ ।
करणले १९औं ओभरको पाँचौ बलमा ५२ रन बनाएका नोर्मन भानुअ र छैटौँ बलमा सिमोन अटाईलाई आउट गर्दै खेल नेपालको पक्षमा मोडेका थिए ।
सन्दीपले नेपाललाई ११औं ओभरको अन्तिम बलमा पाँचौं सफलता दिलाए । उनले सेसे बाउलाई ३० रनमा एलबीडब्लू आउट गराए । पीएनजीका जोसन किलालाई लामिछानेले खाता खोल्न नपाउँदै एलबीडब्लू आउट गराए ।
नेपालका लागि आरिफ शेखले ३१ रनको योगदान गरे । यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा आफ्नो पहिलो विकेट गुमायो । नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए । उनी रन आउट भएका हुन् ।
१२औँ ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । नेपालका आसिफ शेख ४३ रन बनाएर आउट भए । उनलाई अलेइ नोले क्याच आउट गराए । पीएनजीले १२औं ओभरको तेस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । पीएनजीका रिले हेकुरेलाई अबिनासले ३ रनमा क्याच आउट गराए ।
१३औँ ओभरको पहिलो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्यल ३४ रन बनाएर आउट भए । उनलाई काड सोपरले क्याच आउट गराए । १३औं ओभरको अन्तिम बलमा पीएनजीले आफ्नो सातौं विकेट गुमायो ।
१४औँ ओभरको पहिलो बलमा नेपालले आफ्नो चौथो विकेट गुमायो । नेपालका दिपेन्द्र सिंह ऐरी ४ रन बनाएर आउ भए । उनलाई कार्लेश अमिनीले क्याच आउट गराए ।
१५औँ ओभरको तेस्रो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो ।नेपालका कुशल मल्ल ११ रन बनाएर बोल्ड आउट भए । उनलाई रिले हेकुरेले बोल्ड गराएका हुन् ।
१६औँ ओभरको दोस्रो बलमा नेपालले छैटौं विकेट गुमायो । नेपालका लोकेश बम ५ रन बनाएर आउट भए । उनीलाई कार्लेश आमिनीले क्याच आउट गराएका हुन् ।
१७औँ ओभरको पहिलो बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो । नेपालका करण केसी १४ रन बनाएर आउट भए । उनलाई पीएनजीका इलेइ नोआले क्याच आउट गराए ।
त्यसपछि नेपालले १९औँ ओभरको अन्तिम बलमा आफ्नो आठौँ विकेट गुमायो । नेपालका सोमबाल कामी १ रन बनाएर आउट भए । उनलाई नोरमान भानुवाले क्याच आउट गराएका हुन् ।
पीएनजीलाई हराएपछि कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेले टिममा अझै सुधारको आवश्यकता रहेको बताएका छन् ।