काठमाडाैं - बैंक अफ काठमाण्डू लिमिटेडद्वारा विश्व वित्तीय सप्ताह २०२२मा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।
विश्व वित्तीय सप्ताह (Global Money Week) २०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डू लिमिटेडले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१–२७ मार्च २०२२) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम संचालन गरेको हो ।
उक्त कार्यक्रममा बैंकका प्रतिनिधीहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई बैंकिङ् तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको र उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको बैंकको विश्वास छ ।
हालसम्म ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैंक अफ काठमाण्डू लिमिटेडले जनाएकाे छ ।