काठमाडाैं - गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल रहने गरि नाम परिवर्तन भएकाे छ ।
काठमाडौंकाे हात्तिसारमा रहेकाे माया मनोर बुटिक होटलमा सम्पूर्ण सरोकारवालाहरु समक्ष सम्प्रेषण गर्न साेमबार पत्रकार सम्मेलन आयोजना गरि संस्थाको नाम परिवर्तन सम्बन्धी औपचारिक जानकारी बैंकले गराएकाे हाे ।
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले अब गरिमा क्यापिटल लिमिटेडको नाममा कारोबार सञ्चालन गर्ने भएकाे हाे ।
गरिमा विकास बैंककाे ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको जनाइएकाे छ ।
अब उप्रान्त अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोबारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने जनाइएकाे छ ।
मिति २०७८ साल आषाढ ०४ गते के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच गरिमा विकास बैंक लिमिटेडद्वारा के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी समझदारीपत्र(Memorandum of Understanding - MOU) भएकाे थियाे ।
साे पत्र बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८ साल चैत्र महिना ०७ गतेको पत्रबाट साविकको के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम भएको जनाइएकाे छ ।