काठमाडौं - देशभर पछिल्लाे २४ घण्टामा ४२ जना कोरोना संक्रमणकाे पुष्टि भएकाे छ।
देशभर पाँच हजार चार सय ७१ जनामा नमूना परीक्षण गरिएकोमा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।
मन्त्रालयका अनुसार २४ घण्टामा ८६ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कसैको पनि कोरोनाबाट निधन नभएकाे मन्त्रालयले जनाएकाे छ ।
यस्तै आज एक ५० हजार १ सय ५१ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।