काठमाडाैं - समृद्घि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ ।
समृद्घि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिमसँगै ५० रुपैयाँको व्यालेन्स सहित आकर्षक स्किम ल्याएको हाे ।
फाइनान्सका अनुसार नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को व्यालेन्स सित्तैमा पाँउनेछन । नयाँ ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम ११% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।