काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकले पार्टीकाे विधान अनुरुप चुनावी गठबन्धन गर्ने निर्णय गरेकाे छ ।
शुक्रबारदेखि बसेको सत्तारुढ दल नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठकलेर्टीभित्र विभिन्न बहस र विवादबीच आगामी चुनावमा गठबन्धन गर्ने बारे धारणा स्पष्ट गरेको हाे ।
बैठकले यसअघि फागुन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णयहरु अनुमोदन गरेको छ । वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय परिचालन समिति गठन गरेको छ ।
स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गर्नेर र दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन्।
स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको र जुन–जुन स्थानीय तहमा तालमेल हुने हो त्यहाँ आवश्यक संयन्त्र बन्ने उनले बताए ।
स्थानीय तहका उममेदवारका लागि भने पार्टीको विधानमा उल्लेख भए बमोजिमको मापदण्ड लागू हुने उनको भनाइ छ ।
पार्टी विधान अनुरुप देशव्यापीरुपमा कांग्रेसको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको उनले बताए । प्रवक्ता महतकै संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति समेत गठन भएको बताइएकाे छ ।