काठमाडौं - सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई पराष्ट पार्न सकिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
श्रीलंकामा जारी बंगालको सहयोगका प्रयास बिम्स्टेकको पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले साे बताएका हुन् ।
एकआपसमा सहयोग आदानप्रदानले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको प्रधानमन्त्री देउवाले बताएका छन् ।
दीगो विकास र शान्तिको लागि विम्स्टेकसहित निजी साझेदारको आवश्यकता रहेकाेमा जोड दिएका छन् ।
दीगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्दै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले बिस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनको लागि सबै सदस्य राष्ट्रहरु शक्तिलाई केन्द्रीकृत गर्न आग्रह गरेका छन् ।
बिस्टेकको प्रक्रिया अगाडि बढाउनको लागि पहिलेजस्तै नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ थियो ।