काठमाडाैं - सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सपथ दिएका हुन् ।
न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् ।
यसअघि उनी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।