काठमाडाैं - समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
यहि चैत्र १६ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाडाैंमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको फाइनान्सका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका हुन् ।
साथै, ई-क्यालेन्डर पनि आधिकारीक अनलाईन पेज फेसबुक, इस्टाग्राम र टुइटर र वेभसाइटमार्फत सार्वजनिक गरेको छ ।फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकत्तम १०% सहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।