काठमाडौं - नेपालको पहिलो सी.पी.भी.सी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिज बाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ ।
यसका एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरिएको हो ।
गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरुलाई गुणस्तरको मानकको रुपमा यो चिन्ह प्रदान गर्दै आएको छ । नेपाल गुणस्तर चिन्ह अन्तरराष्ट्रिय मान्यता प्राप्त छ र यो चिन्ह पाएका उत्पादनहरु गुणस्तरीय र नेपाली बजारमा बिक्रि योग्य मानिन्छन् ।
मंगलम इण्डस्ट्रिजका उपाध्यक्ष प्रदिप शुक्लाले भने, “हाम्रो सी.पी.भी.सी प्लसले नेपाल गुणस्तर चिन्ह पाएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । उत्पादन प्रक्रियामा सबै मापदण्ड पुर्याएका, गुणस्तरीय र सुरक्षित उत्पादनहरुलाई गुणस्तर विभागले यो चिन्ह प्रदान गर्दै आइरहेको छ । यो हाम्रो लागि उल्लेखनीय उपलब्धि हो । साथै यसले हामीलाई भविष्यमा अझै गुणस्तरीय उत्पादन गर्न पनि हौसला दिएको छ ।”