काठमाडाैं - लक्ष्मी बैंक लिमिटेड र भारतको आइसीआइसीआई बैंक लिमिटेडबीच सम्झाैता भएकाे छ ।
लक्ष्मी बैंक र भारतको आइसीआइसीआई बैंकबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्न सम्झौता सम्पन्न भएकाे हाे ।
सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसीआइसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरेका हुन् ।
नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने उक्त सम्झौतामा उल्लेख छ ।
साथै यो सम्झौताले दुई बैंकबीच मानव संसाेधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको लक्ष्मी बैंकले जनाएकाे छ ।