काठमाडौं - राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा सम्पन्न भएकाे छ ।
रेडियो नेपालको ७२ औँ वार्षिक उत्सवको अवसरमा रेडियो नेपाल परिसर सिंहदरबारमा आयोजित उक्त प्रयोगितामा भोजपुरका राजकुमार सुन्दास प्रथम, द्धितियामा लक्ष्मी बि.क. र शन्देस पौड्याल र तृतीयामा पोखराकी ममता गुरुङ भएका छन् ।
तृतीया स्थानमा आएकी गुरुङ यस अघि पनि थुप्रै प्रतियोगितामा सहभागी भैसकेकी छन् । देश विदेशमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा समेत उनले आफ्नो प्रस्तुती दिँदै आएकी छन् ।
यसैगरी २६ जना प्रतियोगीमध्ये निर्मल दियाली, उत्तम बहादुर थापा, मधु विश्वकर्मा, कपिल सुनुवार, अम्बिका राई, अविशेक बराइली विश्वकर्मा, मेनुका आचार्य, करुणा गन्धर्व, सरोज परियार र उपेन्द्र लिम्बु उत्कृष्ट १० मा परेका छन् ।
राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगिताको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष डा.वैकुण्ठ अर्यालले गीत सङ्गीतको प्रवर्द्धनमा रेडियो नेपालले महत्त्वपूर्ण भूमिका रहेको बताए ।