काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त– द मेडिसिटि हस्पिटलबीच सेवा शुल्कमा छुटसम्बन्धी आज दिल्लीमा सम्झाैता भएकाे छ ।
सिटिजन्स बैंक र भारतस्थित मेडिसिटि अस्पतालबीच बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।
दिल्लीस्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ , लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउने बताइएकाे छ ।