काठमाडाैं - कामना सेवा विकास बैंक लिमिटेडले छैठौँ र सातौँ शाखारहित बैंकिङ सेवा मोरङमा सञ्चालन गरेकाे छ ।
कामना बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बिहीबार मोरङ जिल्लामा छैठौँ र सातौँ शाखारहित बैंकिङ सेवा शुभारम्भ सुरु गरेको हाे ।
मोरङ जिल्ला पथरी शनिश्चरे न. पा. वडा नं. ०९ को आर. के. मोवायल सर्भिस सेन्टरमा छैठौँ शाखारहित बैंकिङ सेवा र लेटाङ वडा नं. ०९ मदनचोक को ए . वि. मेडिकल हलमा सातौँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले आर. के. मोवायल सर्भिस सेन्टरमा र लेटाङ वडा नं. ०९ का वडा अध्यक्ष्य कृष्ण लुइँटेलले ए . वि. मेडिकल हलमा शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरेका छन् ।