पर्सा– विरगंजबाट सशस्त्र प्रहरी बलको एक स्क्वाडले गाडीको इन्जिन र चेसिस् बरामद गरेको छ ।
पर्सा जिल्लाको विरगंज महानगरपालिका २० स्थित हर्पतगंज सडक खण्डमा मजकुर सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले चेकजाँच क्रममा तीस दशमलब एक सय केजी गाँजासहित नम्बर नखुलेको गाडीको इन्जिन र चेसिस् बरामद गरेको हो ।
बिहिबार विशेष सुचनाको आधारमा महोत्तरीबाट खटिएको सशस्त्र प्रहरी हवल्दार वशिष्ट पटेलले आफ्नो कमान्डको चार जना स्क्वाड टोली र सुरक्षा बेश विरगंजबाट आईडी नम्बार ९५१८ का सप्रनानि पाण्डवप्रसाद मैनालीको कमाण्डमा सात जनाको टोलीले चेक पोइन्ट थापी चेकजाँचको क्रममा ५० मिटर अगाडी सडकबाट बरामद गरेको बताएका छन् ।
सडक बीचमा बिना नम्बर प्लेटको गाडी छोडी व्यक्ति फरार भएको हुदाँ उक्त गाडी शंका लागि चेकजाँच गर्दा गाडीको डिकीबाट २ वटा रातो प्लाष्टिकलाई टेपले बेरेर राखेको अवस्थामा नम्बर नखुलेको इन्जिन नं 475IDI01KQQ P 28747 र 8600131KQQP27975 टाटा इन्डीका डिएलइ फेला पारेको प्रहरीले बताएको छ ।
यसैसँगै गाडीको डिकीभित्र १६ र १४.१०० केजी परिणामको लागू औषध गाँजा फेला परेको हुँदा सो गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायका पठाइएको सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआइजी गणेश ठाडामगरले बताएका छन् ।