काठमाडाैं - पछिल्लो समय देशभर २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार आठ सय ३५ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरेकाे हाे ।
आज ७५ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २२ रहेका छन् ।
यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ४६९ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
शून्य सङ्क्रमित रहेका जिल्लाहरूमा सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, मनाङ, मुस्ताङ, पूर्व रुकुम, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्ला छन् । नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत छ ।
हाल होम आइसोलेशनमा ९७१, संस्थागत आइसोलेशनमा ५१, आइसियुमा १३ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ । विगत २४ घण्टामा ५९ हजार ५४३ जनाले खोप लगाएका छन् ।