काठमाडौं– नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने भएको छ । सिरिजको लिगको अन्तिम खेलमा नेपालसँग मलेसिया पराजित भएपछि पीएनजीले फाइनल खेल्ने भएको हो ।
सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । ४ खेलमा १ जित निकाल्दा मलेसिया र पीएनजी नेट रनरेटको आधारमा पीएनजी फाइनल पुगेको हो । मलेसिया तालिकाको पुछारमा रहेर फाइनल पुग्न सकेन । पहिलो खेलमा मलेसियाले पीएनजीलाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो । तर पछिल्लो ३ खेलमा पराजित भएपछि मलेसिया बाहिरिन पुग्यो ।
पीएनजी भने पहिलो ३ खेलमा पराजित भएपनि अन्तिम खेलमा मलेसिया पराजित भए पछि नेटरनरेटका आधारमा सोमबार हुने फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । त्यसअघि शनिबार भएको खेलमा नेपालले सिरिजको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल अपराजित रहेको थियो । त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो ।
मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । आक्रामक इनिङ खेलेका भिरनदीपले २६ बलमा ९ चौका प्रहार गरे । कमल सिंह ऐरीको बलमा भिरनदिपले ङ्खिलक गरेको बल डिप मिडविकेटमा आसिफ शेखले उफ्रेर क्याच गर्दा अर्धशतकबाट ३ रनले पछि परे ।
मलेसियाका ओपनर जुबाईदी जुल्कङ्खले कमलको बलमा डक भए । कप्तान आहमद फैजले ३१ बलमा ३ चौका प्रहार गर्दै ३३ रन बनाए । सेइद अजिजले १३ बलमा १७ रन बनाउँदा शर्भिन मुनियडी १ रनमा रनआउट भए । मुहमद अमिर ८ बल खेल्दा १ रन बनाएर स्टम्पिङ भए । मुहमद सेहदतले ८, ऐनोल हफिजले १८ रनको योगदान गरे । नेपालका सन्दीप लामिछानेले ३ विकेट हात पारे । कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले आङ्खनो टी–ट्वान्टी अन्तर्राष्ट्रीय करियरमा समान १/१ विकेट लिँदै पहिलो विकेट लिन सफल भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । दिपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठुलो स्कोर बनाएको थियो ।
दिपेन्द्रले अविजित रहदै १ सय १० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । टी–ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पूरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो ।
यस्तै दिपेन्द्र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
रोहित पौडेलले समेत टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आङ्खनो पहिलो अर्धशतक पूरा गरे । रोहितले ३४ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाए । ओपनर कुशल भुर्तेल २ चौकाको मद्दतमा १२ रनमा आउट हुँदा आसिफ शेखले ३ चौका प्रहार गर्दै १८ रन बनाएर पेभिलियन फर्किए । आदील अन्सारी ९ बलमा १ छक्का प्रहार गर्दै अन्तिम बलमा १४ रन जोडेर रन आउट भए । मलेसियाका मुहमद वाफिक, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहमद अमिरले १/१ विकेट लिए ।