काठमाडाैं - हाल देशमा भारतको बिहार देखि बङ्गालको खाँडि सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू -भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू -भागको मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू -भागमा आंशिक बदली रहने बताएकाे छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू -भागगका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू -भागमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू -भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू -भागको केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराई भू -भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाकाे अनुरोध छ।