काठमाडौं - नेकपा एमालेले कारवाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदहरुकाे सर्वोच्च अदालतको फैसला हुँदैछ ।
सांसद पदमुक्तको विषयलाई लिएर एमालेले ६ महिनायता निरन्तर संसद अवरुद्ध गर्दै आएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भईरहेको जानकारी दिएकाे हाे ।
नेपालसहित १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको आज अन्तिम सुनुवाइ भइ फैसला हुने भएको छ ।
सांसदमा पटकपटक सर्दै आएको रिटमा आज बसेको बैठकबाट भएको सुनुवाइ सकिएसँगै अदालतले माधव नेपालसहित १४ जना सांसदहरुलाई फैसला सुनाउने निर्णय भएको जानकारी आएकाे छ ।
फागुन २९ गते बसेको सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइको लागी आइतबारको मिति तोकेका बताइएका छन् ।
नेकपा एमालेले कारवाही गरेका नेपालसहित १४ सांसदहरुलाई सभामुखले पदमुक्त नगरेको आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए ।