इटहरी- 'कार्यस्थलमा समावेशीकरण, महामारीपछिको संसारमा चुनौती र अवसरहरू' नारासहित विश्व अटिजम सचेतना दिवस मनाईएको छ ।
विश्व अटिजम सचेतना दिवसकाे अवसरमा देशभर विभिन्न सचेतना कार्यक्रम गरि मनाईएको छ । इटहरीमा पनि सचेतना कार्यक्रम गरि मनाईएको छ ।
यस्तै इटहरीमा रहेको भिन्न प्रतिभा बालबालिका हेरचाह समूहले बिहान १० बजे अटिजमबाट पिडित बालबालिका तथा उनीहरुका अभिवावक, थेरापिस्ट डाक्टर लगायत स्कूलका शिक्षक कर्मचारीले र्याली गरेका छन् ।
इटहरीको बसपार्क हुदै नागरिक चोकसम्म पुगेर पुन: आफ्नै स्कूल भवन भिन्न प्रतिभा बालबालिका हेरचाह समुहमै गएर र्याली टुंगीएको थियो । सो स्कुलले यहि अवसरमा आफ्नो प्रथम बार्षिकोत्सब समेत सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता इटहरी वडा नम्बर ९ अध्यक्ष श्री भुपेन्द्र बरालले गरेका थिए ।
कार्यक्रममा इटहरी उप महानगरपालिका सामाजिक साखा प्रमुख कुमारी राईको पनि उपस्थिति थियो । कार्यक्रममा उपस्थित अथितिले स्कूलको बार्षिक उत्सबको बधाई तथा शुभकामना ब्यक्त गर्दै उक्त अटिजम भएका पिडित बालबालिकाहरु सबैलाइ सरकारले समेट्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमलाई हेरचाह समुहका उपाध्यक्ष प्रकाश गौतमले संचालन गरेका थिए ।
संसारमा अटिजमको लक्षण भएका बालबच्चाको सङ्ख्या दिन प्रतिदिन बढिरहेको देखिन्छ । यस्ता लक्षण भएका बालबच्चा आफ्नै सुरमा रमाउने, मानव अन्तर्क्रियामा पटकै चासो नदेखाउने र आफूले आफ्नै ध्याउन्नमा गरिरहेको गतिविधिमा जो कहिले बाधा अड्चन पुर्याउनु कहिले आक्रमक रूपमा प्रस्तुत हुने र कहिलेकाहिँ जबर्जस्ती प्रतिकार गर्ने गर्छन् ।