२०७८ चैत्र २१ गते ,सोमबार
काठमाडाैं - हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।
प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ।
प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
साथै तराई भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।