काठमाडाैं - कामना सेवा विकास बैंक लिमिटेडले चितवनमा १३५औं शाखा कार्यालय स्थापना गरेकाे छ ।
आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. २६ ज्योतिनगरमा १३५औं शाखा कार्यालय स्थापना गरी आइतबारदेखि कारोबार सुरु गरेको हाे ।
यससँगै चितवनमा बैंकको शाखा संख्या १० पुगेको बैंकले जनाएकाे छ । बैंकका अनुसार व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले जनाएकाे छ ।
बैंककाअनुसार यससँगै १३४ वटा शाखा, १ वटा विस्तारित काउन्टर, ७ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा ब्त्ः मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।