काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाए पछि पिएनजीले सो लक्ष्य पाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले आक्रामक ब्याटिङ गरेका करण केसीले पनि अविजित रहदै ३३ रन बनाए । त्यस्तै आसिफ सेखले २९ रन बनाए भने कुसल भुर्तेल २५ रनमा पेवेलियन फर्किए । नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो । पिएनजी भने रन रटमा मलेसियालाई पछि पार्दै फाइनल पुगेको टोली हो ।
नेपाल यो खेलमा पीएनजीलाई हराएर एकदिवसीय सिरिज गुमाएको घाउमा मलम लगाउने दाउमा रहेको छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २–० ले क्लिन स्विप गरेको थियो । पिएनजी पनि फाइनमा नेपाललाई पराजित गरेर समूह चरणमा भोगेको पराजयको बदला लिने दाउमा रहेको छ ।