काठमाडौं - सर्वोच्च अदालतमा माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइआगामी चैत २७ गते हुने भएकाे छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतले यही चैत २७ गते हुने भएको जनाएकाे हाे ।
न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो ।
यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा अन्तरिम आदेश न्यायाधीश सुवेदीले जारी गरेका थिए । एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय न्यायाधीश सुवेदीले गरेका हुन् । जसका कारण आज नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ हुन नसकेको हो ।