काठमाडाैं - महालक्ष्मी विकास बैंक लिमिटेडले २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाल उक्त क्यालेन्डर विमोचन गरेका हुन् ।
“कृषि कर्म गरौँ आत्मनिर्भर बनौँ” भन्ने मूल विषयलाई आत्मसात् गर्दै बैंकले यस बर्ष क्यालेन्डर प्रकाशन गरि आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो ।
मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकार राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ ।
ग्राहकहरुले वेवसाइटमार्फत पनि उक्त क्यालेन्डर डाउन्लोड गर्न सक्ने बैंकले जनाएकाे छ ।