काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडबीच छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
चितवनमा सिटिजन्स बैंक कार्डबाहकहरूलाई नारायणी सामुदायिक हस्पिटलकाे सेवामा १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हाे ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् कार्डबाहकहरुले एन.पी.आई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १०% छुट पाउने बैंकले जनाएकाे छ ।
सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
मोबाइल बैकिङ मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र्रल सुविधामार्फत मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने बैंकले जनाएकाे छ ।
यसका साथै मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत बैंकले गरेको बताएकाे छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।