[caption id="attachment_24662" align="alignnone" width="180"]
शमशाद अहमद आदिल[/caption]
राति उठेर खाना पकाई
साथीहरु सँग मिलेर खाई
झिस्मिसे अँध्यारोमा नमाज पढेर
म व्रत बस्दैछु ।।
आफ्नो नजरलाई सन्तुलन गरी
मनलाई द्वेष बाट मुक्त गरी
सकारात्मक सोचलाई जीवन्त गर्दै
म व्रत बस्दैछु ।।
गाली गलौज गर्नु छैन
लड़ाई झगडा गर्नु छैन
कुभलो र कुरीति बाट टाढा हुँदै
म व्रत बस्दै छु।।
शान्त मनले कुरआन पढेर
समय समयमा नमाज पढेर
गरीब अनाथलाई दान गरेर
म व्रत बस्दै छु ।।
- शमशाद अहमद आदिल