[caption id="attachment_24735" align="alignnone" width="640"]
[/caption]
काठमाडौं– गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगोलिन हार्टका गायक लामा र अभिनेत्री पुनलाई सोमबार बिदाइ गरे ।
पर्यटन मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका कलाकारद्वयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन आफूहरू सगरमाथा आरोहण गर्न लागेको गायक लामा र अभिनेत्री पुनले बताए । गायक लामाले सगरमाथा आरोहणसहित छ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रमसमेत गर्ने बताए । ‘कार्बन उत्सर्जन घटाउन, पर्यटन प्रवद्र्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ,’ गायक लामाले भने ।
लामा २७ चैत र पुन २३ चैतमा त्यसतर्फ लाग्ने कार्यक्रम तय भएको जानकारी दिइएको छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले हिमाल आरोहण गर्न लागेको अभिनेत्री पुनले बताइन् ।