काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनकाे अनुगमन समिति गठन गरेकाे छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हाे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लका अनुसार देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।