काठमाडौ – टोस्टमास्टर्स नेपालको चौँथो वार्षिक डिभिजन साइटेशन सम्मेलन २०२२ आयोजना गर्ने भएको छ ।
चैत्र २६ गते शनिबार ठमेलको अलफ्ट काठमाडौँमा बिहान ८ बजेदेखि बेलुकी ५ः३० बजेसम्म हुने कार्यक्रममा हयुमरस स्पीच प्रस्तुति रहने र कम्युनिकेटर अवार्डको विजेता घोषणा गर्ने टोस्टमास्टर्स नेपालले जनाएको हाे ।
कार्यक्रमको मुख्य आकर्षण हयुमरस स्पीचमा विभिन्न ३ डिभिजनका प्रतिनिधिहरुले ह्युमरस स्पिच कसरी दिने भन्ने विषयमा प्रस्तुति दिने आयोजकले बताएको छ ।
हरेक वर्ष एक जना गैर टोस्टमास्टरलाई उनको संचार र नेतृत्व क्षमताको लागि “दि कम्युनिकेटर अवार्ड” प्रदान गरिँदै आएकोमा यस वर्ष पनि दिने जनाईको छ । २०१९ मा भएको साइटेसन सम्मेलनमा रेडियो नेपालका लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य समुदायका करिब ४५० सदस्यहरु उपस्थित हुने बताइएको छ ।सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबाट शुरुवात भएको टोस्टमास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्टमास्टर्स क्लब लगायत ८ वटा क्लब मात्र रहेको थियो । त्यसपश्चात डिस्ट्रिक्ट ४१ को हिस्सा भएकाले विगतका केहि वर्ष यता क्लबहरु विस्तारको क्रम बढ्ढो रहेको छ ।