काठमाडौं – हेफर नेपालसँगको सहकार्यमा बैंक अफ काठमाण्डू लिमिटेडले गुल्मी जिल्लामा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंक अफ काठमाण्डूले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धीत स्थानीय तहहरुसंगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामिण स्थानहरु इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको हो ।
उक्त कार्यक्रममा सोही भुभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिती रहेको बैंकले जनाएको छ । ग्रामिण भुभागमा बसोबास गर्ने नागरिकहरुलाई बैंकिङ तथा वित्तीय जानकारी दिने हेतुले संचालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढिको सहभागिता रहेको बैंकको भनाइ छ ।
बैंक र हेफरको सहकार्यमा संचालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेलद्वारा सहभागिहरुलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामाग्रीहरु सहित जानकारी दिएका हुन् ।
यसका साथै हेफर नेपालका प्रतिनिधीहरुले ग्रामीण भुभागमा बैंक र बैंकिङ क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरुमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिए ।