काठमाडौं - कुमारी बैंक लिमिटेडले २० औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २१ औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बंैकका कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरी सफलतापुर्वक सम्पन्न गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम अन्य स्वयम सेवी रक्तदाताहरु गरी १०९ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । देशमा स्वास्थका लागि आवश्यक रगत आपुर्तिमा उक्त कार्यकमबाट संकलित रगतबाट केही सहज हुनेमा आयोजक विश्वस्त रहेको छ ।
बैंकका अनुसार नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग १९७ शाखा संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङमार्फत ग्राहकवर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।
साथै आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान गर्दै अझ बढी बिश्वासनिय र सबल बैंकको रुपमा स्थापित हुने प्रतिवदता बैंकले जनाएको छ ।