काठमाडाैं - लुम्बिनी विकास बैंक लिमिटेडले काठमाडाैंकाे मिलन टोल संस्थालाई सिसिटिभी सर्भिलेन्स् सिस्टम हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडाैंकाे मिलन समाज टोखा –०८, मिलनटोलकाे सुरक्षाको लागि सहयोग स्वरुप सिसिटिभी सर्भिलेन्स् सिस्टम हस्तान्तरण गरेको हाे ।
बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागीले संस्थाका अध्यक्ष टेक बहादुर थापालाई उक्त सामान हस्तान्तरण गरेका हुन् । निरोज खागीले मिलन टोल क्षेत्रमा सिसिटिभी सर्भिलेन्स् सिस्टम जडानको लागि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताएका छन् ।
उक्त कार्यक्रममा बैंकका टोखा शाखाका शाखा प्रवन्धक निरोज खागी र मिलन समाजको तर्फबाट प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा नं. ०८ का वडा अध्यक्ष केशव बहादुर खत्री, मिलन समाजका अध्यक्ष टेक बहादुर थापा, उपाध्यक्ष श्रीमती सिताकुमारी भट्टराई वोस्थी लगायत मिलन समाजका सदस्यहरु सहित करिब ७० जनाको उपस्थिति रहेको थियो ।
यसका साथै बैंकले ललितपुर, लामाटारस्थित सिद्घिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. ले ६५ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकले रक्तदान जस्तो अमुल्य काम गर्ने दाताहरुलाई “रक्तदान जीवनदान” अकिंत टि–सर्ट प्रदान गरेको बैंकले जनाएकाे छ ।